play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

शिलान्यास गरेको १४ महिनापछि नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम सुरु

0

पुष ८,चितवन । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि मंगलबारदेखि सुरुङ खन्न थालिएको हो । आयोजनाका अनुसार २ दशमलव ६८ किलोमिटर लम्बाइको सुरुङमार्ग सन् २०२२ को अन्तिमसम्ममा निर्माण गरिसक्ने लक्ष्य छ । मुआब्जा विवाद, विस्फोटक पदार्थ नआएको र कोभिडका कारण निर्माण उपकरण आयात बेलैमा नहुँदा निर्माण कार्य १४ महिना धकेलिएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । आयोजनामा जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी झन्डै २२ अर्ब लगानी छ ।सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने काम पूरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम सुरु भए पनि समयमै निर्माण सम्पन्न हुने थापाले बताए । सुरुङ बनाउने जिम्मा जापानको हाज्मा एन्दो कर्पोरेसनले लिएको छ । ‘ड्रिलिङ एन्ड ब्लास्टिङ’ प्रविधिबाट सुरुङ खन्ने काम हुँदै छ । आयोजनाका अनुसार सुरुङमार्गको कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाइका दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक उद्धारका लागि छुट्टै ‘एक्सिस रोड’ समेत निर्माण हुनेछ । सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ माघदेखि २०७२ सम्ममा विभिन्न चरणमा सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणका आधारमा निर्माण कार्य सुरु भएको हो ।

Share.

Leave A Reply