play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पूर्वी नवलपरासी र दोलखामा भएको दुर्घटनामा चितवनका एक सहित ४ जनाको मृत्यु

0

पुष ८,चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ मा लरी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेहरूको परिचय खुलेको छैन ।दुर्घटना भएको ठाउँ एकान्त भएकाले प्रहरीलाई ढिलो गरी मात्रै सूचना पुगेको थियो । यसैबिच दोलखाको भीमेश्वर नगरपालिका ५ मा ना ७ ख ३२६८ नम्बरको ट्रक पल्टिँदा सहचालकको ज्यान गएको छ । ट्रक पल्टिँदा चितवनको राप्ती नगरपालिका ९ रसौलीका बुद्धिबहादुर तामाङको घटनास्थलमै ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक अर्जुन बरालको चरिकोट अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply