play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

प्रचण्ड–नेपाल पक्षको संसदीय दलका नेतामा दाहाल चयन

0

पुष ८,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन हुनुभएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर प्रचण्ड चयन गरेको हो । बैठकमा अहिले प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ । यसअघि मङ्गलबार (हिजो) प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो ।

Share.

Leave A Reply