play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिच भेटवार्ता,थापालाई सहकार्यको प्रस्ताव

0

पुष ८,चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।

थापाले ओलीको प्रस्ताव सकारात्मक रहेको र आफूले छिट्टै निर्णय लिने बताउनुभएको पनि स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् भङ्ग भएपछि नेकपामा दुई टुक्रामा विभाजित भएको छ । तर सचिवालय सदस्यहरू वामदेव गौतम र रामबहादुर थापा तटस्थ बस्नुभएको छ । दुवै समूहले उहाँहरूलाई आफ्नो समूहमा ल्याउन पहल गरिरहेका छन् ।

Share.

Leave A Reply