play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब ६५ करोड लगानी गरिने

0

पुष ७,चितवन । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने वित्तीय श्रोत जुटेको छ । प्रतिष्ठित ब्यापारिक घराना एम.भी. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त जल बिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ ।

२६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि सम्झौता भएको छ । आयोजनामा नेपाल बैंकद्वारा रु. ५ अर्ब, नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा रु. ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा रु. २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. २ अर्ब, हिमालयन बैंकद्वारा रु. २ अर्ब, लक्ष्मी बैंकद्वारा रु. १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा रु. १ अर्ब, बैंक अफ काठमाडांैद्वारा रु. १ अर्ब तथा कृषि बिकास बैंकद्वारा रु. १ अर्ब गरी जम्मा रु. १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरिएको हो ।

Share.

Leave A Reply