play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना संक्रमण

0

पुष ७,चितवन । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

Share.

Leave A Reply