play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आफूहरुले नै (नेकपा) को प्रतिनिधित्व गरेको प्रचण्डको भनाई

0

पुष ७,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी गरेका छन् आज आयोजित नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको स्मरण गराए । बैठकमा ६६ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यको प्रतिनिधित्व रहेको जानकारी दिँदै उनले संविधानको मर्म र भावना, निर्वाचन आयोगका नियम, कानुनअनुसार यो नै नेकपाको आधिकारिक र वैधानिक बैठक भएको बताएका छन् । प्रचण्डले केपी ओलीको अध्यक्षतामा आयोजित बैठकले वैधानिकता र आधिकारिकताका सबै आधार गुमाएको दावी गरे । ओलीको अध्यक्षतामा बसेको बैठकलाई उनले ‘गुटको भेला’ संज्ञा दिए ।

Share.

Leave A Reply