play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

पार्टीको महाधिवेशन आयोजक समिति ओलीद्धारा घोषणा,केन्द्रीय कमिटीमा ५५६ जना थप

0


पुस,७।
प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ । ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् । बैठकमा ओलीले आफूले पार्टी नफुटाउने र कसैलाई पनि कारबाही गर्ने मनसाय नभएको बताएका छन् । बाहिर हल्ला गरिएको जस्तो पार्टी फुटाउने वा अरू कसैलाई कारबाही गर्ने नभइ पार्टीलाई सुदृढ बनाउँदै लाने आफ्नो योजना भएको उनले सुनाए ।

Share.

Leave A Reply