play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

नेपाल र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर

0

षुस ६,चितवन । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा भएको कार्यक्रममा ८ करोड अमेरिकी डलर अर्थात् ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ । ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनर्उत्थानलाई अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । आयोजनाले ग्रामीण उत्पादक समूह र बजारबीच उत्पादनशील सझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारी अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

Share.

Leave A Reply