play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपालमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब नाघ्यो

0

षुस ६,चितवन । नेपालमा विदेशी विनिमयको सञ्चिति बढेर १५ खर्ब पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले बढेर कात्तिक मसान्तमा आइपुग्दा १५ खर्ब ६ अर्ब ६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड अमेरीकी डलर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ३२ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १.० प्रतिशतले कमी आई १ खर्ब ७३ अर्ब ९९ करोड कायम भएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७र७८ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.० प्रतिशत, ११६.३ प्रतिशत र ३३.४ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

Share.

Leave A Reply