तत्काल उखु किसानहरुको भुक्तानी दिन मानव अधिकार आयोगको आग्रह

0

षुस ६,चितवन । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानहरुद्वारा काठमाडौँमा भइरहेको प्रदर्शन तथा आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आन्दोलनस्थल माइतीघर पुगी अनुगमन समेत गरेको छ । आयोगले एक विज्ञप्तिमार्फत नेपाल सरकारको निर्देशन पालना नगर्ने र उखु किसानहरुको उखु लिई बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीहरुलाई तत्काल कानूनको दायरामा ल्याई कार्यवाही गर्न तथा किसानहरुले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याहरुको समाधानमा संवेदनशील हुन, किसानहरुको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानहरुको मौलिक हक र मानव अधिकार समेतको संरक्षण गर्न नेपाल सरकार र चिनी चिनी उद्योगहरुलाई ध्यानाकर्षण गराएको छ ।

Share.

Leave A Reply