play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

जसपाले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा देशैभर प्रदर्शन गर्ने

0

षुस ६,चितवन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ। ओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। ‘सबै जिल्ला सदरमुकामहरूमा पुस ८ गते प्रदर्शन गर्ने निर्णय भएको छ’ उनले भने। थप कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक पनि बोलाइएको भट्टराईले जानकारी दिए। ‘थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ’ उनले भने।

Share.

Leave A Reply