राष्ट्रको नाममा गरेको समबोधनको तात्विक अर्थ छैन:काङ्ग्रेस

0

षुस ६,चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा गरेको समबोधनको तात्विक अर्थ नभएको जनाएको छ । प्रधानमन्त्री ओलीले केहीबेरअघि राष्ट्रका नाममा सम्बोधन गर्दै संसद विघटन सरकारलाई असहयोग र घेराबन्दी गरेपछिको बाध्यता भएको प्रष्टिकरण दिएका थिए । संसद विघटनको वैधतालाई पुष्टि गर्ने आधार प्रधानमन्त्रीले प्रस्तुत गर्न नसकेको कांग्रेसको टिप्पणी छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा व्यक्त गरेका राजनीतिक विषयभन्दा संसद विघटनमा संवैधानिक प्रश्न उठेको बारे जवाफ नआएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

Share.

Leave A Reply