play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

एकताबद्ध भइ निर्वाचनमा सामेल हुन प्रधानमन्त्री ओलीको सबैलाई आग्रह

0

षुस ६,चितवन । देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भइ निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरेका छन् । सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आ-आफ्ना कार्यसूची जनतामा लाने अवसर मिल्ने उनले बताए। । प्रधानमन्त्री ओलीले भने, ’जनादेशप्राप्त सरकारले आफ्नो काम गर्न पाउँदैन भने यसको न्यायको फैसला गर्ने थलो निर्वाचन नै हो र राज्य सञ्चालनको अन्तिम निर्णय जनताले गर्ने हो । जस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक तरिका ठीक होइन । राजनीतिक स्थिरताका लागि निर्णायक तत्व आमनिर्वाचन हो । त्यसकारण म प्रतिनिधिसभा विघटन गरी ताजा जनादेश गराउने स्थितिमा पुगेको हुँ ।’ उनले राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय तह कायम रहेको तथा राज्यका सबै अङ्गले आआफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अहिले मुलुक जनप्रतिनिधिविहीनावस्थामा नरहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भइ निर्वाचनमा जुट्न युवा पुस्तालाई पनि आह्वान गरे ।

Share.

Leave A Reply