play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेताहरूको विकृत मानसिकताका कारण संसद् विघटन भयो:प्रधानमन्त्रि ओली

0
प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओली

षुस ६,चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उहाँले नेताहरूको विकृत मानसिकताले देशले प्रतिनिधि सभा विघटन जस्तो गम्भीर अवस्था आएको दाबी गर्नुभयो । पद, प्रतिष्ठा र पदसोपानको लोभका कारण अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

आरोप पत्र फिर्ता लिन, विशेष महाधिवेशन गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेता पनि उहाँले नमान्नुभएको ओलीले बताउनुभयो । ‘आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनबाट नेतृत्व हस्तान्तरण गर्न तयार रहँदा पनि अविश्वासको प्रस्ताव पेश गर्दा अवस्था असहज बनेको हो’, उहाँले भन्नुभयो । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन आफ्नो चाहना नभए पनि मुलुकलाई निकास दिनको लागि विघटन गर्नुपरेको ओलीले तर्क छ । केही पार्टीका नेताहरूले संसदलाई नै कमजोर बनाएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको उहाँको प्रष्टिकरण छ ।

Share.

Leave A Reply