play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

0


पुष ६ ।
प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।संसद विघटनपछिको परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । बालुवाटारबाट दिउँसो ३ः०० बजे हुने उहाँको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । ओलीले आज बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । उक्त कदमविरुद्ध सर्वत्र आलोचना भएको छ ।

Share.

Leave A Reply