play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नेपालमै पहिलोपटक चितवन मेडिकल कलेजमा न्यूक्लियर मेडिसिन सेवा सुरु

0


चितवन, पुस,६।
नेपालमै पहिलोपटक चितवन मेडिकल कलेज भरतपुरले चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवा अन्तरगत न्यूक्लियर मेडिसिन सेवा सुरु भएको छ । न्यूक्लियर मेडिसिन विशेषज्ञ डा.जीवन पौडेलको नेतृत्वमा विशिष्ट सेवा सुरु गरिएको हो । यस उपचारबाट सबैभन्दा बढी थाइराडका बिरामीहरु लाभान्वित हुने छन् । यस सेवा अन्तरगत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नशामा चढाइन्छ । त्यसबाट निश्कने गामा विकिरणलाई स्पेक्टरसिटीको माध्यमबाट जाँच गरिन्छ । जसबाट शरीरका विभिन्न अंगहरुको गहज जाँच सम्भव हुने र थाइराइडका क्यान्सरको समेत पूर्ण रुपमा सफल उपचार हुने डा.पौडेलले जानकारी दिए । डा.पौडेलले यस सेवाबाट थाइराइडका गलगाडको विना अप्रेशन सफल र स्थापित उपचार हुने बताए । यस सेवाबाट मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो र हड्डीका साथै अन्य विभिन्न विभागका बिरामीहरु लाभान्वित हुने भएका छन् । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले विगत एक दशकदेखि नै चितवन मेडिकल कलेज उच्चस्तरीय प्रविधिसहित उपचार कसरी सहज बनाउने भन्ने नीतिमा लागि रहेको भन्दै सोही अनुरुप नयाँ प्रविधि भित्र्याएर सेवा संचालन गर्न सफल भएको बताए । उनले यस सेवा लिन काठमाडौंबाट समेत बिरामीहरु चितवन रिफर भएर आउने बताए । यो सेवा औनपचारिक रुपमा सुरु भइसकेको छ भने केही दिनभित्रमा औपचारिक रुपमा नै उद्घाटन गरिनेछ । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले न्यूक्लियर मेडिसिन सेवा सुरु गर्न १४ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

Share.

Leave A Reply