play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

कांग्रेसद्धारा सर्वदलीय बैठक बस्दै

0


पुष,६।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन् । सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुलाई बोलाइएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। यसअघि हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो । आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने भएको छ ।

Share.

Leave A Reply