नेकपामा आजबाट ओली र प्रचण्ड समूह ःदलहरु बिच छुट्टाछुट्टै छलफलको तयारी

0


पुस,६।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् बिघटन गरेपछि बैशाख २३मा नयाँ चुनावको घोषणा गर्नुभएको छ । सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । त्यसका लागि ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको थियो । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको थियो । त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ । स्थायी कमिटि बैठकले प्रधानमन्त्रीलाई कारबाही गर्ने निणर्य गरेको छ ।

Share.

Leave A Reply