play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चिलीका राष्ट्रपतिले मास्क नलगाएकोमा तिरे ४ लाख जरिवाना

0

पुष,५।
कोरोनाभाइरस महामारीको महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । यो महिनाको सुरुवातमा एक महिलासँग बिना मास्क तस्वीर खिचेका राष्ट्रपति पिन्येराले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध तोडेको भन्दै जरिवाना तिराइएको बीबीसी हिन्दीले जनाएको छ । सोसल मिडियामा भाइरल भएको ती महिलासँगको राष्ट्रपति पिन्येराको सेल्फी तस्वीरमा दुबै जनाले मास्क लगाएको देखिदैन । चिलीमा मास्क नलगाउँदा जरिवाना र जेल सजायको पनि प्रावधान छ । वर्ल्डोमिटर्सका अनुसार चिलीमा ५ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Share.

Leave A Reply