play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपा स्थायी कमिटी बैठक आज बस्दै,,एक पद छाड्न दबाब बढेपछि बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव

0


पुस,५।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । ओलीले गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी शुक्रबार पेरिसडाँडामा भएको दाहाल(नेपालको गुटगत भेलामा समेत सहभागी भएनन् । शनिबार खुमलटारमा भएको ओली(दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल(नेपालको भेटवार्तालाई खास महत्व नदिई हिँडेपछि उनी ओली गुटमा पुगेको आकलन गरिएको छ । तथापि गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ । तर, एमालेको महाधिवेशनदेखि नै पटक(पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ । गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकूलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ । गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा दाहाल(नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ । तर दाहाल(नेपाल समूले भने पुस १ को स्थायी कमिटी बैठकअघिको समझदारी कार्यान्वयन नभएको भन्दै ओलीलाई बहुमतबाट निर्णय गर्ने तयारी गरेका छन् ।

Share.

Leave A Reply