play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

टीम अबुधाबीले गर्यो पारस खड्का लाई मेन्टरको भूमिकामा नियुक्त

0


पुष,४।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी(२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफू उत्साहित भएको जनाएका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो । नयाँ भूमिका पाएपछि पारसले यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् । अब हुने टी(१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।

Share.

Leave A Reply