play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

स्वीडेन सरकार मास्क नलगाउने अडानबाट पछि हट्यो

0


पुस,४।
मास्क नलगाउने अडानबाट स्वीडेन सरकार पछि हटेको छ । सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाउन स्वीडेन सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि मास्कको पक्षमा नरहेको स्वीडेन सरकारले गाडीमा यात्रा गर्दा मास्क लगाउन अपिल गरेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै, अन्य क्षेत्रमा पनि नयाँ नियम लागू हुने स्वीडेन सरकारले जनाएको छ । प्रधानमन्त्री स्टेफन लोफ्भेनले नयाँ नियम चाँडै नै लागू हुने बताउनुभएको छ । स्वीडेनले अहिलेसम्म पूर्णरुपमा लकडाउन नगरे पनि सङ्क्रमण बढ्दै गएपछि केही कडाइ भने गरेको छ । यसअघि स्वीडेन सरकारले स्वास्थ्य संस्थाबाहेक अरु क्षेत्रमा मास्क प्रयोग गर्न नपर्ने बताउँदै आएको थियो । विश्व स्वास्थ्य संगठनले मास्क लगाउन भने पनि स्वीडेनले मास्क लगाउनुपर्ने कुरालाई मानेको थिएन । स्वीडेनमा अहिलेसम्म तीन लाख ६० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । झण्डै ८ हजार नागरिकको ज्यान गएको छ ।

Share.

Leave A Reply