play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

राष्ट्रपतिमाथि काँग्रेसले लगायो गम्भीर आरोप

0

पुष ०३, नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर आरोप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको आरोप लगाएका हुन् । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो आरोप लगाएका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए । पछिल्लो समय राष्ट्रपतिको भुमिकाको सम्बन्धमा जनतामा तिव्र बिरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने उनले बताए ।सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि नागरिकको तिब्र विरोध हुँदाहुँदैपनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बबताए ।

Share.

Leave A Reply