play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेकपा विवाद:ओली प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

0

पुष ०३, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अधयक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले त्यस्तो निष्कर्ष निकालेको हो । भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने भन्ने विषयमा छलफलसहित निष्कर्ष निकालेको प्रतिक्रिया दिए ।त्यस्तै उनले ओलीले अध्यादेश फिर्ता नगरे पार्टीले थप कदम चाल्न बाध्य हुने निष्कर्षमा पुगेको बताए ।
कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा आएको विवाद र त्यसका नीतिगत सैद्धान्तिक विषमा व्याख्या गरेका थिए ।त्यसक्रमा सहभागी नेताहरुले ओली एकाधिकार र सर्वसत्तावादतर्फ लागेको भन्दै प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रतिवेदन नै सही भएको बताएका थिए ।भेलामा प्रदेश एकका जिल्ला अध्यक्ष, सचिव र प्रचण्ड नेपाल समुहका केन्द्रीय सदहरुको सहभागीता रहेको थियो । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गरेको नेता खतिवडाले जानकारी दिए ।

Share.

Leave A Reply