अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको पहिलो ईनिङ्समा भारत २ सय ४४ मा अलआउट

0

पुष ०३, अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा भारत २ सय ४४ रनमा अलआउट भएको छ ।२ सय ३३ मा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले ११ रन जोड्न बाँकी ४ विकेट गुमाउन पुग्यो ।रिद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५, उमेश यादव ६ र मोहमद सामी शुन्य रनमा आउट भए । जसप्रीत बुम्राहा ४ रनमा अविजित रहे ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।भारतीय टिमका लागि विराट कोहलीले ७४ र चेतेश्वर पुजाराले ४३ रन बनाए । अष्ट्रेलियाको तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ४ विकेट झारे ।

Share.

Leave A Reply