play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

चितवनमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन

0

पुष ०३, जिल्ला प्रशासन कार्यालय चितवनमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा शुक्रबार स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । वैदेशिक रोजगारमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उहाँको भनाइ थियो ।विदेश जाने तयारीमा रहेकालाई सही सूचना दिन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा उनीहरुको समस्या समाधानका लागि पहल गर्न र फर्किएकालाई विभिन्न सीपतालिममा जोड्नका लागि केन्द्रले सहयोग गर्ने यहाँले बताउनुभयो ।
स्वीस सरकार र नेपाल सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालिन सुरक्षित आप्रवासन परियोजना सामीमार्फत अहिले ३९ जिल्लामा पालिकामार्फत कार्यक्रम सञ्चालनमा छन् ।यस्तै, महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीसमेत गरेको छ । यस कार्यक्रमअन्तर्गत पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण व्याज महानगरले व्यहोर्ने र २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत व्याज महानगरले व्यहोर्ने प्रमुख दाहालले जानकारी दिनुभयो । रासस

Share.

Leave A Reply