play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ईङ्लिस प्रिमियर लिग अन्तर्गत सेफिल्डविरुद्ध म्यान युको रोमाञ्चक जित

0


पुष,३।
ईङ्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाईटेडविरुद्ध म्यान्चेष्टर युनाईटेडले रोमाञ्चक जित दर्ता गरेको छ ।बिहिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले आफ्नो टोलीले सेफिल्डविरुद्ध शानदार फुटबल खेलेको प्रतिक्रिया दिए । जित सहित म्यान यु तालिकाको छैटौ स्थानमा उक्लिएको छ । म्यान युका लागि मार्कुस रासफार्डले दुई गोल गर्दै पाहुना टोलीको जितको आधार तयार गरे । पूर्व क्लबविरुद्ध उत्रिएका ड्यान हेन्डरसनले सेफिल्डलाई सुरुवातमै अग्रताको मौका दिए । प्राप्त बल क्लियर गर्न नसक्दा डेविड म्याकगोल्डरिकले घरेलु टोलीलाई खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । लगत्तै सेफिल्डका जोन फ्लिकले सुन्दर अवसर गुमाए । २६ औं मिनेटमा मार्कुस रासफार्डको गोलमार्फत म्यान यु खेलमा फर्कियो । एन्थोनी मार्टियलले गोल गर्दै म्यान युलाई २–१ को अग्रता दिलाए ।

Share.

Leave A Reply