play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

टीकापुर घटनाः चौधरी सहित सात जनालाई जन्मकैदको फैसला

0


पुस,३।
टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ । उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु समेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाय थप गरेको छ । यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन् । अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ । त्यसबाहेक दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालत दीपायलले जन्मकैदको सजाय तोकेको छ । उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता राजेन्द्र लुईटेलले जानकारी दिए । जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो । सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए ।

Share.

Leave A Reply