नेपाल रेडक्रस सोसाईटी चितवनलाई घुम्ती रगत वस हस्तान्तरण गरिने

0

षुस २,चितवन । गैर आवासीय नेपाली संघले नेपाल रेडक्रस सोसाईटी चितवनलाई भोली घुम्ती रगत वस हस्तान्तरण गर्ने भएको छ ।गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा गैर आवासीय नेपाली संघका सचिव गौरीराज जोशीको संयोजकत्वमा सो घुम्ती वस हस्तान्तरण गर्न लागिएको हो ।

चितवनको भौगोलिक बृहत्तरतालाई मध्यनजगर गर्दै र मध्य नेपालका विभिन्न जिल्लाबाट स्वास्थ्यसेवा लाभ ग्रहण गर्न आउने विरामीको चाप र रक्तअभाव परिपूर्ति गर्न दुरदराज सम्म पुगेर रक्त संकलन गर्न सुविधा सम्पन्न उपकरण जडित वाहनको आवश्यक परेकोले सो समस्या निराकरण गरी सहजताको साथ रक्त संकलन गर्न सघाउ पुर्याउन वस हस्तान्तरण गर्न लागिएको कुरा गैर आवासीय नेपाली संघका अध्यक्ष पन्त तथा सचिव गौरीराज जोशीले  बताउनुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा। बद्रि केसी, सचिव आरके शर्मा र सहकोषध्यक्ष लोक दाहाल चितवन आउनुहुने भएको छ ।

Share.

Leave A Reply