play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

डब्लुएचओले कोरोना महामारी सुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने

0

षुस २,चितवन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी सुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको उद्गम स्थल वुहान सहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ । लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो । यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो । वुहान सहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ । गत वर्ष नै अमेरिकाले चीनमाथि कोरोनाविरुद्धको खोप लुकाएको र कोरोनाको बारेमा जानकारी नदिएको आरोप लगाएको थियो ।

Share.

Leave A Reply