play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

काठमाण्डौमा लागू भएको जोर–बिजोर प्रणाली भोलीदेखि हट्ने

0

षुस २,चितवन । काठमाण्डौ उपत्यकामा लागू भएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरूको छलफलले भोलिदेखि जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका सङ्घ संस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोर–बिजोर प्रणाली कायम गरिएको थियो ।

 

जोर–बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रूपमा पालना गर्न उहाँले आग्रह गर्नुभयो । सवारी साधनमा देखिएको यात्रुको चापको अवस्थालाई मध्यनजर गर्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको उहाँले बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताउनुभयो । उहाँले यातायात मजदुर र यात्रुलाई अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply