play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित

0

षुस २,चितवन । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ । आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भएपनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाई छ । संघका प्रवक्ता मोहन घिमिरेले देशभरीका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भएपनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकोले धर्नामा बस्नु परेको उनले बताए । वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भएपनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताए । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नभएको बताए ।

Share.

Leave A Reply