play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

0

षुस २,चितवन । मोरङको विभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार अररिया जोगबनी(९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधवार साँझ सवा ५ बजे बिराटनगर(१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर(१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधवार अपरान्ह ५ बजे बिराटनगर(७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply