play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

कोरोना महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान पुनः सुरु

0

षुस २,चितवन । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबार पुनः सुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनः सञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज काठमाडौँबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ । नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवर्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमा झैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले बताइन । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सुरु गरिएको हो ।

Share.

Leave A Reply