षुस २,चितवन । संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको लेखा समितिले शुक्रबार मन्त्री ढकाललाई छलफलका लागि बोलाएको जनाएको छ। समितिले चार महिनाअघि यसै विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाएको थियो। तर मन्त्री ढकालले समय अभाव देखाएका थिए। चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर खरिद प्रकरणमा बदनियत देखिएपछि ओम्नीसँगको सम्झौता खारेज भएको थियो।
स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिल स्वास्थ्यमन्त्रीलाई बोलायो
0
Share.