play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

संवैधानिक व्यवस्था अनुरुप राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक

0

षुस २,चितवन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो । सो कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बृहत अन्तरक्रियाबाट पहिलोपटक राष्ट्रिय जलस्रोत नीति निर्माण गर्न सफल भएको बताए ।

प्राकृतिक सम्पदालाई कसरी सदुपयोग गर्न सक्छौं र भोलीको दिनमा कसरी पुस्तान्तरण गर्न सक्छौं भन्ने कुरालाई राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको मन्त्री पुनले बताए । संविधान जारी भएपछि जलस्रोतको उपयोग तीनवटै तहबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार नै नीति तयार पारिएको पनि मन्त्री पुनले बताए । राष्ट्रिय जल उपायोगको बहुआयामिक आवश्यकताहरुको सहज परिपूर्ति गर्ने, जलस्रोतको बहुआयामिक तथा समान्यायिक विकास र उपायोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पु्¥याउने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान तथ्य एवं प्रमाणका आधारमा गर्ने उद्देश्य राष्ट्रिय जलस्रोत नीतिले राखेको छ ।

Share.

Leave A Reply