पुस,२।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि कुराकानी हुँदै आएको थियो । कोरोना भाइरस सङक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी फैलिएकोबारे जानकारी नदिने कोशिश गरेको आरोप लगाउनुभएको थियो । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।
कोरोना भाइरस उत्पत्तिबारे जान्न (डब्लूएचओ)को टोली चीनको वुहान जाने
0
Share.