युभेन्ट्स र एटलान्टा बिच खेल बराबरीमा

0

पुष,२।
सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । गए राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि उनले पहिलो लिग गोल गरेका हुन् । रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए । चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारको सही अनुमान लगाए । एस्टन भिल्लाका पूर्व गोलकिपरले रोनाल्डोको पेनाल्टी बचाउ गर्दै अल्भारो मोराटालाई समेत निराश बनाए । सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ । युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।

 

Share.

Leave A Reply