play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

द फन रेसिडेन्सी (होटल चितवन) लाई इको फ्रेण्डल्ली सिटी होटलको अवार्ड

0

सिनर्जी डेक्स , १ पौष ।

चौधरी गुरुपको लगानी रहेको द फन रेसिडेन्सी (होटल चितवन) साउथ एशियन ट्राभल अवार्ड (साटा) बाट सम्मानित भएको छ । द फन रेसिडेन्सीले ‘लिडिङ इको फ्रेण्डल्ली सिटी होटल’ शीर्षकमा को सिल्भर अवार्ड प्राप्त गरेको हो ।

यस अवार्डका लागि दक्षिण एसियाका दर्जनौ होटलहरु नोमिनेशनमा परेका थिए । १२ विभिन्न शिर्षकमा साउथ एशियन ट्राभल अवार्ड (साटा) वितरण भएको थियो । चितवन भरतपुरको सिजी ल्याण्डमार्कमा विगत दुई वर्ष देखि द फन रेसिडेन्सी (होटल चितवन) संञ्चालनमा छ । महलको पाँचौ तल्लामा रहेको होटल पर्यटकीय एवम् व्यवसायि प्रयोजनका लागि आर्कषको केन्द्र बन्दै गएको जनरल म्यानेजर दिपेन्द्र पोख्रेल बताउछन् ।

यहाँ ४८ वटा सुविधा सम्पन्न कोठा , दुईवटा सेमिनार हल, स्वीमिङ्ग पुल, खूल्ला एवम् रमणीय स्काई लाउन्च, स्काई स्पोर्ट वार, ३६० लाउन्च रहेको छ । यस्तै द फन रेसिडेन्सी (होटल चितवन) ले क्रिसमसको अवसरमा ९ पुषमा “क्रिसमस २०२०” को आयोजना गरेको छ । भने अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा “न्यू एयर इभ” को आयोजना गर्दैछ ।

Share.

Leave A Reply