play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-नेपाल पक्षको दाबी

0

पुष ०१, प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-नेपाल पक्षले दाबी गरेको छ ।प्रचण्ड-नेपाल पक्षका एक स्थायी समिति सदस्यले बुधबार बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता गर्ने र प्रचण्ड-नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन संकलित हस्ताक्षर स्थगित गर्नेबाहेक अरू कुनै पनि विषयमा सहमति नभएको दाबी गरेका हुन् ।

यसअघि वालुवाटार उच्च स्रोतले प्रचण्ड र ओलीबिच ‘एक-अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २६ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबीच सहमति भएको भनेर दाबी गरेको थियो।यसैबिच प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले पनि आज प्रधानमन्त्री र कार्यकारी अध्यक्षबिच सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ताबाहेक अरू कुनै पनि सहमति नभएको बताएकी छन्।

Share.

Leave A Reply