गाउँ फर्किएका रिमालले सुरु गरे “केक कर्नर”

0

सिनर्जी डेक्स , १ पौष ।
साढे आठ वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किएका भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरका विशाल रिमालले केकको पसल सञ्चालनमा ल्यएका छन् ।

करिब ७ लाखको लगानी उनले गीतानगर बजारमा “केक कर्नर” नामको पसल बुधबार देखि सुरु गरेका हुन्न् । यहाँ सम्पुर्ण प्रकारका केक, बेकरीहरु पाईने उनले बताए । ग्रहाकहरुले पसलमानै बसेर खान सक्ने व्यवस्था पनी छ । कफि र चियाको समेत उनले केक कर्नरमा रखेका छन् ।  विदेशको सिकाइ र भोगाइको अनुभवले नेपालमानै केही गर्नु पर्छ भन्ने योजना अनुसार काम सुरु गरेको बताउने रिमाले, भावि दिनमा रोजगारीको सिर्जना गराउँदै बेकरीका परिकार पनि आफैले बनाउने बताए । अहिले केकका परिकार उनको पसलमानै बन्छ ।
गीतानगर बजारमा केक र बेकरी आफैले बनाएर विक्रि हुने ब्यवस्थीत पसल रहेनछ । त्यसैले सामान्य उत्सवमा पनि भरतपुर बजारनै पुग्नुपर्ने बाध्यता अन्य गर्दै यहाँका उत्पादन अन्यन्त्र पनि विक्रि गर्ने लक्ष्य राखेको उनले सुनाए । रिमालले पसल उद्धघाटनको केही दिन विशेष छुटको व्यवस्था पनि गरेका छन् । उनलाई व्यवसायको लागी श्रीमती सरिता न्यौपाने रिमालको पनि साथ मिलेको छ ।

Share.

Leave A Reply