play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दाहालको अध्यक्षतामा हरित ग्रह नेपालको स्थापना

0

सिनर्जी डेक्स, १ पौष ।

प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले निशान दाहालको अध्यक्षतामा ग्रीन प्लानेट नेपाल (हरित ग्रह नेपाल)  संस्थाको स्थापना भएको छ । दाहाले अध्यक्ष रहेको यस संस्थामा जीव शास्त्र, प्राणी शास्त्र,बनस्पति शास्त्र र वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरु छन् । जसको उपाध्यक्षमा सोम जमरकट्टेल, सचिवमा स्मारिका अधिकारी , सह सचिवमा कन्चन सापकोटा, र कोषाध्यक्षमा मुस्कान अर्याल छन् । सदस्यहरुमा औनिशा महतो, छवि लामिछाने, सिजन न्यौपाने, सिला पौडेल रहेका छन् । संस्थाले वातावरण, वन्यजन्तु, चराचुरुङ्गी , वनस्पति संरक्षण, अनुसन्धान, व्यवस्थापनमा संस्थाले काम गर्ने दाहालले बताए । विरेन्द्र बहुमुखी कलेज र सप्तगण्डिकी बहुमुखी कलेज पढ्ने विद्यार्थीहरु रहेको यस संस्थाले पढाई संगै विद्यार्थीलाई व्यवहारीक ज्ञान दिन पनि सहयोग गर्ने उनीहरुको विश्वास छ । संस्थाले आफ्नो कार्य क्षेत्र चितवनलाई बनाएको छ ।

Share.

Leave A Reply