play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ प्रतिशतभन्दा माथि

0

षुस १,चितवन । नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ प्रतिशतभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको दर ९५.४ प्रतिशत पुगेको जानकारी दिए। यसैबिच पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

Share.

Leave A Reply