play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सर्लाहीमा सीमा नाका खुलाउन माग,माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने

0

 पुष १ , जनकपुरधाम । भारतसँगको सीमा नाका खोल्नुपर्ने मुख्य माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।

भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले बताए ।

प्रमुख चौधरीले जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेका थिए । उनको आह्वान बमोजिम जिल्लाका सम्पूर्ण पसल बन्द गरिएको छ ।

यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ ।

सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको छ ।

संघर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना अनुसार निर्माण गर्नुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नगरवस्तीमा नाला बन्नुपर्ने र भारतसँगको सीमा खोल्नुपर्ने माग आफूहरुलाई उठाउँदै आएको बताए ।

माग पूरा नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

 

Share.

Leave A Reply