play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पोखरामा जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

0

पुष १ , पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो ।

चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो । कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए ।

‘बालुवाटारमा कोटबाट कलम निस्किँदा शितल निवासमा मसी पुगिसक्छ,’ केन्द्रीय सदस्य सुवेदीले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले संवैधानिक अधिकार खोसिरहेको छ ।’

कोभिड–१९ को संकटबाट देशलाई र जनतालाई बचाउन काम गर्दा भनेको सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको सुवेदीको भनाइ छ ।

जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए । यो दिनलाई आफूहरुले कालो दिनका रुपमा हेरको बताए । ओलीले ल्याएको अध्यादेश, भ्रष्टाचारको विरुद्धमा समाजवादीले आन्दोलन थालेको उनको भनाइ थियो ।

प्रदेश उपाध्यक्ष दीपक तामाङलेसंघीय लोकतान्त्रिक गणतन्त्र भएको देशमा ओलीले ल्याएको अध्यादेश इतिहासकै खराब दिनका रुपमा रहने बताए । ओलीको अध्यादेश लोकतन्त्र माथिकै बज्रपात भएको उनको भनाइ थियो ।

 

Share.

Leave A Reply