play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

नेकपा स्थायी कमिटी बैठक आज,अध्यादेश फिर्ता गराउन दबाब

0

बुधबार,पुस १।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल हुनेछ । यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको थियो । त्यसपछि दुई अध्यक्षले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका छुट्टाछुट्टै प्रतिवेदनमा छलफल गर्ने एजेण्डा भएपनि आकस्मिक रुपमा अध्यादेश आएपछि स्थायी कमिटीमा यो विषय प्रमुख बनेको हो । पार्टी र मन्त्रीपरिषदमा समेत छलफलै नगरी अध्यादेश ल्याएको भन्दै असन्तुष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने तयारी गरेका छन् । हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका पाँच जना सचिवालय सदस्यले ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने निश्कर्ष निकालेका छन् । गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले पार्टीसँगको परामर्शबिनै राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । तर त्यतिबेला पनि पार्टी भित्र चर्को आलोचना भएपछि ओलीले दुवै अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए । यसपटक पनि प्रधानमन्त्रीसँग अध्यादेश फिर्ता गर्नुको विकल्प नभएको नेकपाकै नेताहरुले बताउँदै आएका छन् ।

Share.

Leave A Reply