play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चितवनमा धान उत्पादन घट्यो,यसवर्ष १० प्रतिशतले कमी

0

भरतपुर,पुस १।
चितवनमा गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले धानको उत्पादनमा कमी भएको छ । धानको चिस्यान प्रतिशत १५ हुँदा गरिएको अध्ययनमा १०.२ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा एक लाख ५८१ मेट्रिक टन धान उत्पादन भएको हो । गत वर्ष सोही क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो । यसलाई विश्लेषण गर्दा यस वर्ष प्रतिहेक्टर ३.६८ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष प्रति हेक्टर ४.१ प्रतिशत धान उत्पादन भएको थियो । धानको चिस्यान १३ प्रतिशतमा हुँदा गरिएको अध्ययनमा धान उत्पादन १२.२२ प्रतिशतले घटेको प्रमुख ढकालले जानकारी दिनुभयो । चितवनलाई धानको भण्डार नै मानिन्छ तर, चितवनको धान उत्पादनले चितवनसहित अन्य जिल्लालाई पनि धानेको छ । यहाँ सावित्री धान धेरै उत्पादन गर्ने गरिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौली लगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गर्छ । धान उत्पादन घट्नुमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु प्रमुख कारण भएको ढकालले बताउनुभयो । यस्तै गवारो तथा फड्के किराको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोगलगायतका कारणले यस वर्ष धान उत्पादन घटेको उहाँ बताउनुहुन्छ । समयमा मल उपलब्ध नहुनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नुलाई उनले धान उत्पादनको कारणका रुपमा प्रस्तुत गरेनन् । तर, किसानहरुले भने समयमा मलबीउ नपाउनु नै यस वर्ष धान उत्पादन घट्नुको प्रमुख कारण भएको बताएका छन् ।

Share.

Leave A Reply