play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

0

मङ्सिर ३०, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न सन्दीप कतार एयरवेजमार्फत आज (मंगलबार) अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।म्यानेजर रमेश सिवाकोटीका अनुसार सन्दीप भोली एडिलेटमा पुग्ने छन् । उनी एडिलेटमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।क्वारेन्टिनको समय पुरा गरेपछि उनी आफ्नो टिमसंग जोडिनेछन् ।


बिग बासको नयाँ सिजनमा सन्दीपले टिम परिवर्तन गरेका छन् । उनले होबार्ट हुरिकेन्समार्फत नयाँ सिजनको बिग बास खेल्नेछन् ।सन्दीप कोरोनाका कारण पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिएका थिए । स्वास्थ्य पूर्ण रुपमा निको भएपछि उनी बिग बासका लागि तयार भएका हुन् ।कोरोना संक्रमणले स्वास्थ्यमा समस्या बनाएपछि उनी अस्पतालमा समेत भर्ना भएका थिए ।

Share.

Leave A Reply