play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

गौतम बुद्ध कप क्रिकेटको उपाधि राप्तीलाई : नारायणी ९ रनले पराजित

0

मंसिर ३०, गौतमबुद्ध कप टी–२० क्रिकेट उपाधि टिम राप्तीले जितेको छ । नारायणीलाई नाै रनले हराउँदै राप्तीले उपाधि जितेको हो । राप्तीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणी नौ विकेट गुमाएर एक सय ३४ रनमै सीमित भयो । नारायणीका लागि आरिफ शेखले सबैभन्दा धेरै ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

Share.

Leave A Reply